काठमाडौं । विश्वकप अवधिभर सबैभन्दा बढी गोल गरेका खेलाडी हुन् इग्ल्याण्डका ह्यारी केन । उनले ६ गोल गर्दै गोल्डेन बुट हात पार्दा क्रोएसियाका कप्तान लुका मोड्रिचले भने गोल्डेन बल चुम्न सफल भए । सबैले आकलन गरेका फ्रान्सका एम्बाप्पेले युवा स्टार खेलाडीको उपाधि चुमे ।
इग्ल्याण्डका ह्यारिकेनको विश्वकपमा प्रभावशाली प्रदर्शन रह्यो । गोल्डेनबुटको प्रतिस्पर्धामा रहेका लुकाकु, रोनाल्डो, एम्बाप्पेलाई उछिन्दै ह्यारिकेनले गोल्डेनबुट चुमेका हुन् ।
६ गोल गरेका केनले ३ गोल पेनाल्टीमा गरेका हुन् । ट्युनिशियाबिरुद्धको २–१ गोलको जितमा दुवै गोल गरेका केनले पानामाबिरुद्धको ६–१ गोलको जितमा दुई पेनाल्टी गोलसहित ह्याट्रिक गरेका थिए । कोलम्बियासँगको खेलमा पेनाल्टीमा गोल गरेका थिए । कोलम्बियासँग बराबर खेलेपछि पेनाल्टी शुट आउटमा ईंग्ल्याण्डले ४–३ ले कोलम्बियालाई हराएको थियो । पेनाल्टीमा पनि केनले गोल गरे । तर टाईब्रेकरको गोल गोल्डेन बुटका लागि मान्य हुने छैन ।
त्यस्तै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले र बेल्जियमका रोमेलू लुकाकूको समान ४–४ गोल थियो भने फाइनल खेलमा एम्बाप्पले पनि एक गोल गर्दै ४ गोल पु¥याएका थिए ।
गोल्डेन बल भने क्रोएसियाका कप्तान लुका मोड्रिचले हात पारेका छन् । विश्वकप इतिहासमा पहिलो पटक आफ्नो टोलीलाई फाइनल पु¥याउन सफल लुका मोड्रिचको खेल पनि यो विश्वकपमा सनसनीपूर्ण रह्यो ।
यता, अर्जेन्टिनाविरुद्धको खेलमा पाँच मिनेटको अन्तरमा २ गोल गरेका फ्रान्सका युवा स्टार किलियन एमबाप्पेले फाइनल युवा स्टार प्लेयरबाट उपाधि उचाले । उक्त खेलमा मात्र एम्बाप्पे नायक बनेनन् । फ्रान्सलाई दोस्रो पटक विश्वकपको उपाधि जिताउन पनि उनको सशक्त प्रदर्शन रह्यो ।
फाइन खेलमा क्राएसियाविरुद्ध पनि उनले एक गोल गर्दै विश्व फुटबल इतिहासमा एक सफल युवा खेलाडीको रुपमा प्रस्तुत भएका छन् । यो विश्वकमा सबैभन्दा बढी चम्किएका खेलाडीको नाम लिनुपर्दा प्रायः को मुखमा झुण्डिने नाम नै एम्बाप्पे बनेको छ ।
0 Comments