Ticker

6/recent/ticker-posts

डा केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । डा. गोविन्द केसका समर्थकहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

बिहीबार दिउँसो डा. गोविन्द केसीका समर्थकहरुले केसीका माग पुर गर, डा. केसीको मानव अधिकारको सम्मना गर, माफियामुखी ऐन चाहिँदैन लगायतका नारा लेखिएका ब्यानर र प्लेकाडसहित प्रदर्शन गरेका हुन्।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रदर्शनमा डा. गोविन्द केसीका माग तत्काल पूरा गर, न्यायिक जाँचबुझ आयोगले दोषी ठहराएका त्रिवि उपकुलपति लगायत सम्पूर्ण दोषीलाई कार्वाही गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो, श्री ३ जस्तो लगायतका नारा लगाइएको थियो ।

Post a Comment

0 Comments