Ticker

6/recent/ticker-posts

बक्स अफिस म्यूजिक भिडियो अवार्डकाे पेप्सिकोलादेखि सिंगापुरसम्मको रुपरेखा तय


काठमाडौं । नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डले एकै थलोमा एक हजार भन्दा बढी स्रष्टाहरुलाई सम्मान गर्दै उनीहरुमा उत्साह र प्रोत्साहन थप्ने कामको थालनी गरेको छ । त्यसो त नेपाली सांगीतिक बजार एक किसिमले सानो गाउँदेखि शहर हुँदै विदेशी भूमिमा समेत स्थापित भइसकेको छ । नेपाली गीत संगीत क्षेत्रमा लोक दोहोरी, आधुनिक र चलचित्रको गीत संगीतले बजारलाई व्यवस्थित बनाएको पनि छ । यसबीचमा राष्ट्रिय भावनाले ओतप्रोत, धार्मिक, नेवारी र तीजनका गीतहरु विशेष रुपमा सधैँ चर्चामा रहने गर्दछन् । 
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतको चर्चा बढी छ । तीजलाई लक्षित गरेर मात्र गर्त वर्ष युट्युवमा १३ सय बढी गीत सार्वजनिक भएका थिए । यसैगरी नेपाली चलचित्रको एउटा मेरुदण्डको रुपमा स्थापित गीतसंगीत पनि गत वर्ष ६ सय भन्दा बढी बजारमा आए । चर्चा र व्यावसायिकतकाको हिसाबले नेपाली चलचित्रको सबैभन्दा बढी कारोबार भएको वर्ष पनि २०७४ नै रह्यो । गीत संगीत क्षेत्रमा सबैभन्दो ठूलो बजार मानिएको क्षेत्र भने लोकदोहोरी र आधुनिक हुन् । यसका अलवा पप गीत, जातीय गीत, देउडा गीत, धार्मित भजन लगायको आफ्नो प्रभूत्व छ । 

समग्रमा गीत संगीत क्षेत्रमा ५० हजार भन्दा बढी स्रष्टाहरु निरन्तर रुपमा सक्रिय रहेको पाइन्छ । एउटा गीतमा चलचित्रका निर्माताले २० लाख भन्दा बढी रकम खर्च गरेर आकर्षण भिडियो बनाउने गरेको पाइन्छ भने आधुनिक गीततर्फ १० लाख भन्दा बढी खर्च गरेर पनि एउटै गीत निर्माण गरिन्छ । यी दुई को तुलनामा लोकदोहोरी गीतको निर्माण केही सस्तो देखिन्छ । 

जसको निर्माण ६ लाख बढी रहने गरेको पाइन्छ । अन्य गीत संगीत क्षेत्र पनि उत्तिकै खर्चालु देखिन्छन् । यो हिसाबले वार्षिक रुपमा करोडौं रुपैयाँ लगानी हुने तथा हजारौं स्रष्टाहरु यही क्षेत्रमा सक्रिय रहने हुँदा यसको महत्व पनि बेग्लै हुन पुगको हो । यी विविध क्षेत्रका स्रष्टा तथा मोडलहरुलाई एकै मालामा उनेर बक्स अफिस इन्टरनेशनल ग्रुप, बक्स अफिस फिल्मी क्लब नेपालले राष्ट्रिय म्यूजिक भिडियो, चलचित्र, धार्मिक, तीज, आधुनिक, लोकदोहोरी, भाषा भाषी, पप गीत लगायतलाई समेटेर वृहत्त अवार्ड वितरण कार्यक्रमको रुपरेखा सार्वजनिक गरेको छ । 

अन्य अवार्डभन्दा गीत संगीत क्षेत्रमा लागेका हजारौं श्रष्टाहरुलाई एकीकृत गर्न र उनीहरुमा हौसला प्रदान गर्न झण्डै तीन करोड रुपैयाँ खर्च गरेर राजधानीको पेप्सिकोला टाउन प्लानिङदेखि पर्यटकीय सुन्दर सहर सिंगापुरसम्मको कार्यक्रमको रुप रेखा सार्वजनिक गरेको हो । पहिलो चरणमा अवार्डमा भाग लिएका झण्डै एक हजार भन्दा श्रष्टाहरुलाई सम्बोधन गर्दै अवार्डमा सहभागीता जनाएकोमा धन्यवाद ज्ञापनसहित मायााको चिनो सहित यही साउन २६ गते राजधानीको पेप्सिकोला टाउन प्लानिङमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म सम्मान कार्यक्रमको आयोजना गरिनेछ । 

उक्त सम्मान कार्यक्रमका दिन सबै क्षेत्रका स्रष्टाहरुलाई आपसी भाइचार जगाउनको लागि विविध समुहमा विभाजन गरी मैत्रीपूर्ण फुटबल प्रतियोगिताको समेत आयोजना गर्न लागिएको आयोजक तथा बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के)ले  बताए । बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डमा दर्ता भएका राष्ट्रिय म्यूजिक भिडियो भर्सेस धार्मिक म्यूजिक भिडियो, चलचित्र भिडियो भर्सेस तीज म्यूजिक भिडियो, आधुनिक म्यूजिक भिडियो भर्सेस लोक दोहोरी म्यूजिक भिडियो र भाषाभाषी म्यूजिक भिडियो भर्सेस मोसफल म्यूजिक भिडियोबीच रमाइलो मैत्रीपूर्ण फुटबल खेलाइनेछ । 

कार्यक्रमकै सन्दर्भमा अवार्डमा सहभागी सम्पूर्ण सहभागीहरुलाई सम्मान कार्यक्रम समेत राखिएको छ । अपराह्न पाँच बजेपछि नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमै पहिलो पटक एचएमए प्रवृधिको प्रयोग गरी नेपाली चलचित्रको प्रमोसनका लागि चलचित्र रामकहानी भर्सेस लभ डायरिज,  मेरी मामु भर्सेस ब्ल्याक लगायत ८ चलचित्रहरुबीच मैत्रीपूर्ण फुटबल खेलाइने छ । उत्त m खेल राति ९ बजेसम्म खेलाइने आयोजकले जनाएको छ । फिफाबाट मान्यता प्राप्त रेफ्रीद्वारा पेप्सिकोलास्थित ब्रिगेडब्वाइज टाउनप्लानिङ फुटबल मैदानमा यी सबै खेलहरु हुनेछन् । विहान ७ बजेदेखि ९ बजेसम्म १० हजार भन्दा बढी दर्शकले उक्त खेल अवोलकन गर्ने अनुमान आयोजकले लिएको छ ।

पहिलो चरणको वृहत कार्यक्रमपछि भदौ पाँच गते उत्कृष्ट १० को नोमिनेसन सार्वजनिक गरिने छ भने असोजको पहिलो हप्ता सिंगापुर जानु एक हप्ता अगाडि राजधानीको आर्मी अफिसर्स क्लबमा उत्कृष्ट १० लाई मेडल र सर्टिफिकेट प्रदान गरिनेछ । उक्त नोमिनेसन कार्यक्रममा नेवारी, तामाङ, देउडाका सांस्कृतिक कार्यक्रम गर्नुका साथै चलचित्रर लोकदोहोरीका ख्यातिप्राप्त कलकारले गीतसँगै नृत्य गर्ने कार्यक्रम राखिएको छ । त्यसैगरी नोमिनेसन कार्यक्रममा आधुनिक र पप गीतकाका स्रष्टाहरुले पनि आफ्नो प्रस्तुति दिने भएका छन् । यस समारोहमा झण्डै १ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । 

नेपाली गीत संगीत क्षेत्रमा वृहत योजनासहित थालिएको यो पृथक अवार्ड कार्यक्रम सम्भवतः नेपालकै उत्कृष्ट बन्ने आयोजकको दाबी छ । नेपालमा भव्य कार्यक्रम पश्चात आयोजक टोलीलगायत उत्कृष्ट १० नोमिनेसन बोकेर फाइनल अवार्डका लागि असोजको पहिलो हप्ता थाइल्याण्ड हुँदै सिंगापुर प्रस्थान गर्ने योजनामा रहेको छ । अथिति, विशिष्ट अथिति र अवार्डमा प्रतिस्पर्धीहरुसहित झण्डै २ सय जनाको टोली त्यसतर्फ लाग्ने आयोजकले जानकारी दिएको छ । जसका लागि अहिले आयोजकले आन्तरिक गृहकार्य जारी राखेको छ ।

 सिंगापुरको कार्यक्रमा चार दिनको प्याकेज रहने जनाइएको छ । उक्त चार दिनको प्याकेजमा साइड सिन, सिटी टुर, फुटबल कार्यक्रम र फाइनल अवार्ड वितरण कार्यक्रम हुनेछ । फाइनल अवार्ड वितरणको कार्यक्रम क्रुजमा हुने जनाइएको छ । नेपालबाटै क्रुजको बुक गरी यस्तो अवार्ड आयोजना गरिन लागिएको यो नै पहिलो पटक भने होइन । यसभन्दा अगाडि पनि बक्स अफिस इन्टरनेशनल ग्रुपले थाइल्याण्डमा ग्लोबल मोसन पिक्चर्स अवार्ड भव्यरुपमा सम्पन्न गरिसकेको छ । यही अनुभवले प्रेरित भइ साढे ४ घण्टाको क्रुजको यात्रामा पूरा शहर परिक्रमा गरी रात्रि भोजका साथ नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको फाइनल कार्यक्रम समापन हुने कार्यक्रम रहेको छ । 

नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारी तीव्र पारिएको छ । गत वर्षदेखि यो वर्षको बैशाखसम्म सार्वजनिक भएको विभिन्न गीत संगीतहरुलाई छनोट गरी बक्स अफिस म्यूजिक भिडियो अवार्ड प्रदान गर्न लागिएको हो । अवार्डका लागि फारम वितरणको कार्यक्रम धमाधम जारी रहेको छ । 

कार्यक्रममा उत्कृष्ट श्रृंगार, उत्कृष्ट कला निर्देशन, उत्कृष्ट ड्रेस डिजाइनर, उत्कृष्ट कलर करेक्शन, उत्कृष्ट छायांकार, उत्कष्ट म्यूजिक एरेन्जर, उत्कृष्ट युगल गायक, उत्कृष्ट युगल गायिका, उत्कृष्ट सम्पादक, उत्कृष्ट समूह गायन, उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट पप गीत, उत्कृष्ट लोक दोहोरी गीत उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट जातीय गीत, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट महिला मोडल, उत्कृष्ट पुरुष मोडल, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट डिजिटल कारेबार, उत्कृष्ट स्टूडियो हाउस, उत्कृष्ट प्रचार–प्रसार सञ्चार माध्यम, उत्कृष्ट कोरस (कला केन्द्र), म्यूजिक भिडियो अफ दि इयर र लाइफ टाइम अचिभमेन्ट अवार्ड लगायत छन् ।

 त्यसैगरी आयोजकको तर्फबाट सर्वश्रेष्ठ चर्चित गीत, चर्चित गायक, चर्चित गायिका, संगीतकार, मोडललाई पनि अवार्डबाट सम्मानित गरिने आयोजकले जनाएको छ । अवार्डको लागि आयोजकले पाँच सदस्यी जुरी छनोटको काम भइरहेको छ । जुरीमा लामो समय देखि सांगितिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई राखिउने अध्यक्ष सुवेदीले जनाए । उनले यस अगावै आफूलाई उपयुक्त लाग्ने विधाका लागि आवेदन दिन पनि आग्रह गरे । उनले फारम संस्थामा गएर तथा अनलाइनमार्फत पनि भर्न सकिने जानकारी दिए । आवेदन दिएकामध्येबाट छनोट गरी जुरीले उत्कृष्ट दशको मनोनयनयन सार्वजनिक गरिने छ । 

बक्स अफिस इन्टरनेशनल ग्रुपले यसअघि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, विश्व भ्रमण नागरिक सम्मान (अवार्ड), ग्लोबल मोसन पिक्चर्स अवार्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसमध्ये वार्षिक रुपमा आयोजना गरिने ब्लक बस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड सम्पन्न भइसकेको छ । नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको समापनसँगै नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड आयोजना पनि विदेशी भूमिमा गरिनेछ ।

Post a Comment

0 Comments