Ticker

6/recent/ticker-posts

पहिरोले चार घर पुरिए ५ बेपत्ता

पर्वत । अविरल वर्षाका कारण पाहाडी बस्तिहरु जोखिममा परेका छन् । गएराती बर्षासँगै आएको पहिरोले पर्वतमा चार घर पुरिएका छन् । सिंगो बस्ति नै जोखिममा परेको छ । पहिरोले घर पुरिदा ५ जना वेपत्ता भएका छन् ।

पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । बिहानसम्म पनि अहिले उद्धार कार्य चलिरहेका थियो ।

स्थानियबासी लगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ । पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन ।

Post a Comment

0 Comments