Ticker

6/recent/ticker-posts

फ्रान्सका प्रशिक्षक डेसच्याम्पको नयाँ कीर्तिमान

काठमाडौं । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जित्दा प्रशिक्षक डीडीएर डेसच्याम्पले नयाँ कीर्तिमान कायम गरेका छन् । पहिलो पटक विश्वकप जित्दा फ्रान्सेली टिमको कप्तानी गरेका डेसच्याम्प अहिले प्रशिक्षकको रुपमा फिफाको ट्रफी उचाल्ने भाग्यमानी सावित बने ।

आइतबार भएको फाइनलमा क्रोएशियालाई हराएसँगै उनी खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा गोल गर्ने तेस्रो व्यक्ति बनेका छन् । सबै राम्रा खेलाडी राम्रा प्रशिक्षक बन्न सक्दैनन् भनिन्छ । तर, त्यस उक्तिमा उनी अपबाद बनेका छन् ।

सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डेसच्याम्पले उचालेका थिए । डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डेसच्याम्प अहिले प्रशिक्षकका रुपमा फ्रान्सलाई दोस्रो विशवकप उपाधि दिलाउन सफल भएका हुन् ।

४९ वर्षीय डेसच्याम्प सन् १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जित्दा टोलीका कप्तान थिए । उनको नेतृत्वमा साविक विजेता ब्राजिललाई फाइनलमा ३–० ले हराएर फ्रान्सले इतिहास कायम गरेको थियो ।

विश्वकपको बीसौं संस्करणसम्म केवल दुई ब्यक्तिले यो सफलता हात पारेका थिए, ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फन्स बेकनबउर । जागाल्लोले १९५८ र १९६२ मा खेलाडी र १९७० मा प्रशिक्षकका रुपमा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए ।

यस्तै १९७४ मा खेलाडीका रुपमा विश्वकप जितेका बेकनबउरले प्रशिक्षक बनेर १९९० मा जर्मनीलाई उपाधि दिलाए ।

Post a Comment

0 Comments