काठमाडौं । एकै पृष्ठभूमीका राप्रपाहरुलाई एक ठाउँ ल्याउने प्रयास जारी छ । एकीकृत राप्रपाको अध्यक्ष को बन्ने भन्ने निश्चित हुन नसकेकै कारण राप्रपा एकता टुंगोमा पुग्न सकेको छैन । पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनी सबैको अध्यक्ष पदमा दाबी कायम छ ।
अध्यक्षहरुको पद र प्रतिष्ठाको झगडामा कार्यकर्ताको भविष्य चेपुवामा पर्न हुदैन भन्ने आमकार्यकर्ताको धारणा छ । यसै धरातल मनन् गर्दै तीनवटै राप्रपाका दोस्रो पुस्ताका नेताहरु धैर्यता नसाँध्ने सहमतिमा छन् ।
केही नलागे तीनवटै अध्यक्षलाई छाडेर नयाँ रुपमा अघि बढ्नुपर्छ भन्ने धारणा राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीका दोस्रो पुस्ताबीच छलफल भइरहेको राप्रपाका एक पदाधिकारी बताउछन् ।
त्यसकारण राणा, थापा र लोहनीले अध्यक्ष पदकै लागि एकता प्रक्रियालाई बन्दी बनाइराख्ने हो भने नयाँ परिस्थिति सिर्जना हुने संभावना बढेको देखिन्छ ।
अब बाटो क्लियर हुने दाबी
कार्यकर्तापंक्तिको धैर्यता टुट्ने अवस्था भएपनि परिस्थिति त्यहाँसम्म नपुग्ने एक वरीष्ठ नेताको दाबी छ । पशुपति शमशेर जबरा क्याम्बोडिया र थाइल्याण्डको भ्रमणबाट फर्केपछि अगाडिको बाटो क्लियर हुनेछ । एकीकृत राप्रपाको अध्यक्ष राणा बन्ने श्रृङ्खला आरम्भ हुनेछ, ती नेता बताउछन् ।
अध्यक्ष पदमा राणा बस्ने भएपनि, स्रोतले बताए अनुसार, सामूहिक नेतृत्वको संस्कार र अभ्यास कायम गरिनेछ । जसअनुसार विचार, दर्शनको फाँटसहित लोहनीलाई उच्चस्तरीय नीतिगत जिम्मेदारी दिइने प्रस्तावना छ । जनता र कार्यकर्ताबीच सार्वजनिक छवी धेरै बिग्रीएको कारण हाल कमल थापालाई व्यवस्थापकीय, आन्तरिक प्रशासन र कुटनीतिको क्षेत्रमा विशेष जिम्मेदारी प्रदान गरिने संभावना छ ।
संगठन र नीतिगत सबै निर्णय भने हालका तीन अध्यक्षलगायत संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ, दिपक बोहरा, केशरबहादुर विष्ट सम्मिलित संयन्त्रबाट गरिनेछ । नीतिगत निर्णय कार्यान्वयन गर्न गराउन दोस्रो युवा पुस्ताको सक्रियतामा विभिन्न सहयोगी कामकाजी संयन्त्रहरु निर्माण गरिनेछ ।
राणालाई रोक्ने अन्तिम प्रयास
राणा थाइल्याण्ड उडे लगत्तै उनकै महामंत्री सुनिलबहादुर थापाले, राप्रपाले हिन्दु राज्य र राजसंस्थाको मुद्दा छाडेमात्र एकता वार्ता अघि बढ्ने धारणा सार्वजनिक गरे । सुनिलको वक्तव्य आउनासाथ कमल थापाले वार्ता अवरुद्ध भएको घोषणा गरे ।
दुई थापाको एक अर्काको पूरक कदम नियोजित थियो भन्ने घटनाक्रम आफैंले प्रमाणित गर्दछ । मूलतः राणाको अध्यक्ष बन्ने अवस्था कमजोर बनाउन यस्तो कदम चालिएको बताइन्छ । गत वर्षको एकता महाधिवेशनमा पनि सुनिलले, राणाको बदला, सार्वजनिक रुपमै कमललाई समर्थन गरेका थिए ।
राजा, हिन्दुको वकालतमा राणा
सम्वद्र्धनवाद र परम्परागत शक्तिको परिभाषामा राणाले संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यकै वकालत गरीराखेका छन् ।
वरीष्ठ उपाध्यक्ष दिपक बोहराको निर्देशनमा प्रवक्ता राजेन्द्र गुरुङले वक्तव्य जारी गर्दै महामंत्री सुनिलको धारणा खण्डन गर्नु त्यसै यथार्थलाई स्थापित गर्दछ । प्रवक्ता गुरुङले विज्ञप्तिमा राप्रपा प्रजातान्त्रिकको वैचारिक धार संवैधानिक राजतन्त्र र हिन्दु राज्य भएको प्रष्ट पारेका थिए ।
राप्रपा प्रजातान्त्रिकमा हाल राजसंस्थावादीको बढ्दो प्रवेश र आकर्षण छ । श्रावण १४ गते ठूलो संख्यामा युवाहरुले पार्टी प्रवेश गरेका थिए भने १६ गतेको महंगी विरुद्धको प्रदर्शनमा राजा र हिन्दूत्वको पक्षमा नाराबाजी गरिएको थियो ।
कमलको विश्लेषण
राप्रपा केन्द्रीय सचिवालयले पछिल्लो अवस्था विश्लेषण गर्दै, यहि क्रम जारी रहे राप्रपा प्रजातान्त्रिक मूलधार राप्रपा बन्ने बारे अध्यक्ष थापालाई सचेत गराएको थियो । यसै शिल्शिलामा दुई भाई थापाको वक्तव्यबाजी सार्वजनिक भएको बताइन्छ ।
आफ्नो प्रयास बूमरेङ भएपछि सुनिल भने पूर्वी जिल्लाका भ्रमण रद्द गरेर अध्यक्ष राणा नेपाल फर्कन अगावै सिंगापुर हानिएका छन् ।
सुनिलको समर्थनमा रहेका तीन केन्द्रीय सदस्यले पनि सल्लाह नगरी मिडियामा बोलेको कुरा गल्ती थियो भनेर आलोचना गरेका छन् । पार्टी लाइन विपरीत बोलेको भन्दै कार्यकर्ताले पनि सुनिलको देशव्यापी विरोध गरेका छन् ।

0 Comments