Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । गायक समन सञ्जीव तामाङले अर्को नयाँ गीत ‘डम्फुको ताल राम्रो’ सार्वजनिक गरेका छन् । हालै गीतको म्यूजिक भिडियो तयार गरी सामाजिक सञ्जाल युट्युवमार्फत ‘डम्फूको ताल राम्रो’ सार्वजनिक भएको हो ।

सार्वजनिक गीतले आफ्नो भाषा संस्कृतिलाई प्राथमिकता दिएको छ । तामाङ संस्कृतिका डम्फू, डुङ्नाको धुन, मैच्याङको रुप, सेलो भाका, ल्होसार पर्व लगायतलाई स्मरण गरिएको छ । समन सञ्जीवको स्वर रहेको गीतमा शब्द तथा संगीत भने टीका बोम्जोनको छ । सार्वजनिक गीतको म्यूजिक भिडियोमा कलाकार विमल र सविताले अभिनय गरेका छन् भने दीपेन्द्र भट्टले छायांकन गर्नुका साथै गीतको सम्पादन समेत गरेका छन् ।

एमबी गुरुङको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई सिने क्र्यू मिडियाले बजारमा ल्याएको हो । गीतका शब्द निकै राम्रा रहेको र गीत दर्शक तथा स्रोताको मन मस्तिष्कमा बस्न सफल हुने गायक समनले विश्वास लिए । गायक सञ्जीवले यसअघि ‘विदेशिएँ आफ्नै गाउँघर छोडी’ र ‘संसार तिम्रै’ बोलको गीत बजारमा ल्याएर दर्शक तथा स्रोताको मन मस्तिष्कमा बस्न सफल भएका छन् । 

दर्शक तथा स्रोताको यही मायाकै कारण उनी गायन क्षेत्रमा थप प्रभावित भएको बताउँछन् । निकै नै सुरिलो श्वरका धनी सञ्जीवले आफ्नो यस अघिको गीतमा विदेशी भूमिमा भोगेका पीडा र यस्ता पीडाले गराउने मातृभूमिप्रतिको मायालाई पस्केका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply