Ticker

6/recent/ticker-posts

तीन डीआईजीलाई एआईजीमा बढुवा

असोज ६, सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो ।

कार्की पहिलो, राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा सिफारिस भएका थिए । बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने सुनसरीमा हत्या भएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

Post a Comment

0 Comments