असोज ७, सुनसरी । जंगली च्याउ खाएपछि इटहरीमा एकै परिवारका १२ जना अस्पताल भर्ना भएका छन् । सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित पानीपियामा जंगली च्याउ खाएपछि एकै परिवारका १२ जना बिरामी परेका हुन् । उनीहरुे गत शुक्रवार जंगलबाट ल्याएको च्याउ खाएका थिए ।
जंगली च्याउ खाएर सोही स्थान बस्ने ६५ वर्षीय पर्शुराम राई, उनकी श्रीमती ५२ वर्षीया मनकुमारी राई, छोरा, बुहारी, नाती–नातिनीलगायत १२ जना बिरामी परेका हुन् । अहिले बिरामी सबै जनाको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
0 Comments