असोज ३, विराटनगर । विराटनगरस्थित भन्सार नाकामा हुने गरेको जाम हटाउन नयाँ बन्दै गरेको एकीकृत भन्सार जाँच चौकी जाने बाटो प्रयोग गरिनुपर्ने प्रस्ताव अगाडि बढाइएको छ । भन्सार नाकामा हुने जामका कारण भारतीय बजार जोगबनीमा बढी समस्या देखिएको भन्दै भारतीय पक्षबाट सो प्रस्ताव अघि बढाइएको हो ।
भन्सार जाँच चौकी (आईसीपी) जान नेपाल तफको सडकमा भरखरै मात्र ग्रोभेल गरिएको र नेपालतर्फको आईसीपी बन्न बाँकी नै रहेकोले सो बाटो भएर माल गाडीहरु आवत –जावत गर्न नमिल्ने भएकाले भारतीय पक्षले खाली गाडी जान दिने प्रस्ताव अघि बढाएको हो ।
0 Comments