असोज ७, विराटनगर । विराटनगर महानगरपालिका १६ मा एकजना युवकको शव भेटिएको छ । विराटनगर रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइप भित्र कुहिन थालेको अवस्थामा युवकको शव भेटिएको स्थानीयहरुले बताएका छन्। इलाका प्रहरी कार्यालयका अनुसार विभत्स अवस्थामा भेटिएको युवकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
अन्दाजी २५/२६ बर्षको जस्तो देखिएको युवकको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन । हृयुमपाइप भित्रै सडेको अवस्थामा भेटिएपछि प्रहरी स्काभेटरको प्रयोग गरी शव निकालेको निरौलाले बताए । सहज रुपमा शव निकाल्न नसकिएपछि स्काभेटर प्रयोग गरेको हो । सडेको अवस्थामा भेटिएको शवको अनुहार पहिचान हुन सकेको छैन् ।
0 Comments