Ticker

6/recent/ticker-posts

पेट्रोलियम पदार्थको अभावले पूर्व अस्तव्यस्त

असोज ५, मोर । यातायातको बन्दका कारण पेट्रोलियम पदार्थको अभावले गर्दा पूर्व अस्तव्यस्त बनेको छ । 
यातायात मजदुरको बन्द र भदौ १ गतेबाट लागू भएको मुलुकी ऐन संसोधनको माग गर्दै चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएका कारण पेट्रोलियम पदार्थको अभाव भएको हो । त्यसैकारण सर्वसाधरणहरुले सास्ती खेप्नु परेको छ भने बजारमा महंगो मूल्यमा बेच्न राखिएको पेट्रोलबाट मोटरसाईकल तथा अन्य सवारीहरु चल्न बाध्य छन् । हाल विराटनगरका कुनैपनि पम्पममा पेट्रोल–डिजेल वितरण गरिएको छैन ।

 नेपाल आयल निगमले पत्राचारमार्फत् नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ । निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ । पेट्रोलियम पदार्थको अभावले व्यापार र व्यवसायमा पनि नकरात्मक असर परिरहेको छ ।

Post a Comment

0 Comments