Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

असोज ६, मेक्सिको । मेक्सिकोमा फेरि पनि अर्का एक पत्रकारको हत्या भएको छ ।  बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका हुन् । यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरुको संख्या मेक्सिकोमा नौ पुगेको छ । मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको उनको पत्रिकाले शुक्रबार जनाएको छ । एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो ।


“उहाँलाई हालै मात्र विभिन्न खालको चेतावनी तथा धम्कीहरु आएका थिए” उहाँका सहकर्मीहरुले नाम नबताउने शर्तमा भने । पत्रिकाले दिएको जानकारी अनुसार गोमेज याजालोन शहरका सामान्य संवाददाता हुनुहुन्थ्यो । दुई जना अपरिचित व्यक्तिहरुले उहाँलाई हत्या गरेको बताइएको छ । गोली प्रहार भएलगत्तै ३५ बर्षीय गोमेजलाई अस्पताल लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो । “हामीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेका छौँ,” पत्रिकाको अनलाईन संस्करणमा प्रकाशित सम्पादकीयमा भनिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply