Ticker

6/recent/ticker-posts

न्याय माग्दै देशभर प्रदर्शन

भाद्र ३०, कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा न्याय माग्दै आज देश भर प्रदर्शन भइरहेको छ। 

स्वतन्त्ररुपमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको हो। काठमाडौंमा माइतीघरमा १ बजेबाट प्रदर्शन सुरु भएको छ। दोषी पत्ता लगाएर कारबाही गर्न दवाव दिँदै प्रदर्शन आव्हान गरिएको हो।
समाजिक सञ्जाल मार्फत ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियान नै चलाइएको छ।
पाल्पा, विराटनगर, धरान, जनकपुर, पोखरा लगायतका ठाउँहरुमा पनि प्रदर्शन आव्हान गरिएको छ।

Post a Comment

0 Comments