Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

असोज ५, काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारलाई हत्या, हिंसा र बलात्कारको संरक्षक भएको आरोप लगाएका छन् । 

देशभरी हिंसा र बालात्कारका घटना भएका खवर हरेक दिन आएपनि कारबाही र नियन्त्रण नभएको भन्दै सांसदहरुले चिन्ता पनि व्यक्त गरेका छन् । नेपाल महिला संघकी पुर्व अध्यक्ष समेत रहनु भएकी काँग्रेस सांसद डा.डिला संग्रौलाले देशभरी बलात्कारका घटना दिनदिनै भएपनि रोक्ने तर्फ सरकारले ठोस कुनै कदम नचाली मुकदर्शक भएको आरोप लगाउनुभयो ।  उहाँले सरकार संरक्षित व्यक्तिहरुले रोल्पामा नेपाल तरुणदलका जिल्ला सभापति रोहित पुनको गोली हानी हत्या गरेकोले देशमा हत्या हिंसा बढिरहेको र बालबालिकादेखि बृद्धबृद्धासम्म असुरक्षित रहेको पुष्टी भएको बताउनुभयो । 
डा संग्रौलाले भन्नुभयो, “जनताले प्रश्न गर्न थालेका छन् सरकार हत्या, हिंसा, बलात्कारको संरक्षकको हो ? र अथाह सम्पति कमाउनका निम्ती भ्रष्टाचारीको बुई हो ?” “निर्मलालाई न्यायका लागि आवाज उठाउँनेलाई देशको प्रधानमन्त्रीले आरिङगाल बनेर आक्रमण गर्न आदेश दिनु कुन राजनीतिक चरित्र र संस्कार हो ?” उहाँले अर्को प्रश्न गर्नुभयो । काँग्रेस सांसद संग्रौलाले क्षमताहिन ठेकेदारलाई लेनदेनको आधारमा ठेक्कापट्टा दिएकाले देशको विकासको क्रम नै रोकिएको टिप्पणी गर्नुभयो । उहाँले साढे ३३ किलो सुन काण्ड, वायुसेवा निगमको वाईड वडि विमानलगायतका भ्रष्टाचार संवन्धी दर्जनौ घटनाका दोषीलाई सिहंदरवारको कुर्सि र वालुवाटारको कोठाबाट संरक्षण दिइएको आरोप लगाउनुभयो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply