Ticker

6/recent/ticker-posts

भुटानी संसदीय निर्वाचनमा प्रधानमन्त्रीकै दल तेस्रो

असोज ७, काठमाडौं । यतिखेर भुटानका निवर्तमान प्रधानमन्त्री छिरिङ तोब्गे एउटा अनपेक्षित मत परिणामका कारण तनाव छन् । उनको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको हो ।

हालसम्म प्राप्त नतिजा अनुसार निवर्तमान प्रधानमन्त्री तोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीएनटी) ले चार हजार २० मत ल्याई प्रथम स्थान ल्याउन सफल भएको छ। यहि नतिजाको कारण पीडीपीले आगामी अक्टोबरमा हुने दोस्रो चरणमा भाग लिन पाउने छैन।

Post a Comment

0 Comments