Ticker

6/recent/ticker-posts

यस्तो छ, प्रकाण्ड र सरकारको जुहारी


असोज ७, काठमाडौं । खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड हाल विप्लव नेतृत्वकको नेकपाका प्रवक्ता हुन् । प्रकाण्ड पूर्वमन्त्री पनि हुन् । उनका सहयोद्धाहरु यतिबेला सरकारमा छन् । गत साउन २२ गते पहिलो पटक प्रकाण्डलाई हेटौंडाबाट काठमाडौं फर्कने क्रममा प्रहरीले अवैध चन्दा असुलीको आरोपमा काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको गरेको थियो तर उनको कसुर प्रमाणित हुन सकेन र उनी अदालतको आदेशमा रिहा भए तर उनलाई ध्वशांत्मक गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्यो । यसरी थुनामुक्त गर्न आदेश दिने र पक्राउ गर्ने काम अहिलेसम्म पनि जारी नै छ ।


रिहाई र पक्राउको शृख्ला :

१. साउन २२– पहिलो पटक प्रकाण्डलाई हेटौंडाबाट काठमाडौं फर्कने क्रममा प्रहरीले अवैध चन्दा असुलीको आरोपमा काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीसहित साथमै रहेका अन्य २ जना पनि प्रक्राउ परेका थिए । पक्राउ परेका तीनै जनामाथि प्रहरीले जबरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलायो । त्यसलगत्तै उनलाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दियो । प्रहरीले उनलाई पक्राउ गरी चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्ने म्याद थप गरेको थियो ।
२. साउन २७– पक्राउ परेका प्रकाण्ड, कालिकोटको कालिका गाउँपालिकाका हरिशचन्द्र आचार्य र कपिलवस्तु वाणगङ्गाका मनबहादुर श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले रिट दायर गरेका थिए । उनले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका थिए । विकले रिटमा पूर्वजानकारीविना, विनापुर्जी पक्राउ गरी राजनीतिक आस्थाका अधारमा चन्दासम्बन्धी झुट्टा मुद्दा लगाइएको रिटमा उल्लेख गरेका थिए ।
३. भदौ ७ को सर्वोच्चको आदेशमा भनिएको थियो, ‘मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार र प्रमाणका आधारमा मुद्दा चलाउन कानुनले रोक लगाएको देखिँदा पुनः पक्राउलाई कानुनसङ्गत मान्न मिल्दैन ।’
४. साउन २८– सर्वोच्च अदालतले प्रकाण्डसहित लिखित जवाफ पेश गर्न ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । साउन २७ गते दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको थियो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घण्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको थियो ।
५. भदौ १– महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सर्वोच्च अदालतमा उपस्थित गराएको थियो । छोराले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चद्वारा प्रकाण्डलाई थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशपछि सर्वोच्च अदालतबाट बाहिरिनै लाग्दा प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीबाटै प्रहरीले प्रक्राउ गर्यो । प्रकाण्ड दोस्रो पटक अदालत परिसरबाटै पक्राउ परे ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । प्रहरीले प्रक्राउ गरेलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । काभ्रेको क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा मुद्दा चलाएको थियो । काभ्रेमा एनसेलको टावर आगजनी गरेको भन्दै प्रकाण्डविरुद्ध मुद्दा दर्ता भएको र सोही मुद्दा अनुसन्धानका लागि उनलाई काभ्रे पठाएको प्रहरीले जनाएको थियो ।
६. भदौ ३– जिल्ला अदालत काभ्रेले प्रकाण्डलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि आदेश दियो । काभ्रे प्रहरीले १५ दिनको म्याद थप्न अनुरोध गरेको थियो । तर अदालतले थप तीन दिनको मात्रै समय दियो ।
७. भदौ ४– सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका प्रकाण्डलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गर्यो । वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश दियो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश जारी किन हुनु नपर्ने हो भनेर प्रमाणसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।
८. भदौ ७– सर्वोच्च अदालतले प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गर्यो । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले प्रकाण्डलाई सर्वोच्च अदालतको रजिस्ट्रारको रोहबरमा छाड्न आदेश दियो । तर प्रकाण्डलाई अदालतको आदेशपछि पनि अदालत परिसरबाटै प्रहरीले पक्राउ गर्यो । भोजपुर जिल्लामा भएको बम विस्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई पक्राउ गरेको बताइएको थियो ।
९. भदौ ८– सर्वोच्चको आदेशपछि प्रक्राउ परेका प्रकाण्डलाई प्रहरीले नुवाकोट पुर्यायो । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट पुर्याइएको प्रहरीले जानकारी दियो । नुवाकोट जिल्ला अदालले प्रकाण्डलाई तीन दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गर्यो । सोही दिन प्रकाण्डलाई रिहाइको माग गर्दै सर्वोच्चमा प्रकाण्डका छोरा वीरेन्द्रले रिट दायर गरे ।
१०. भदौ १०– प्रकाण्डका भाइले दायर गरेको रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दियो ।
११. भदौ १८– सर्वोच्च अदालतले प्रकाण्डलाई थुनामुक्त गर्न तेस्रो पटक आदेश जारी गर्यो । न्यायधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई नुवाकोट जिल्ला अदालतको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियो । अदालतले थुनामुक्तको आदेश दिए पनि प्रकाण्ड फेरि पक्राउ परे । उनलाई अदालत परिसरबाटै भोजपुर लैजाने भन्दै प्रक्राउ गर्यो ।
१२. भदौ १९– सर्वोच्च अदालतले थुना मुक्त गर्न आदेश दिएपछि प्रक्राउ परेका प्रकाण्डलाई प्रहरीले नुवाकोटबाट भोजपुर पुर्यायो ।
१३. भदौ २०– भोजपुर पुर्याइएका प्रकाण्डलाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गर्न आदेश दियो । ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्नामको एकल इजलासले ६० हजार धरौटीमा रिहाको आदेशलगत्तै अदालत परिसरबाटै प्रक्राउ परे । त्यसपछि, उनलाई त्यहाँबाट दाङ पुर्याइयो । धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विस्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र सालपासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमा छुटेका थिए ।
१४. भदौ २२– धारौटीमा छुटेलगत्तै प्रक्राउ परेका प्रकाण्डलाई भोजपुरबाट २२ गते दाङ पुर्याइयो । थुनामै राखेर उनको अनुसन्धान भयो । भोजपुरबाट दाङ पुर्याइएका प्रकाण्डलाई दाङ जिल्ला अदालतले आठ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दियो । त्यहाँ उनलाई प्रदेश तथा प्रतिनिधिसभा चुनावका बेला तुलसीपुरमा भएको बम विस्फोटका विषयमा मुद्दा दायर भएको थियो ।
१५. भदौ २८– प्रकाण्डलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि पुनः दाङबाट काठमाडौँ पठाइयो । प्रकाण्डको डायरीमा तुलसीपुरको घटनाका बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ लगेको थियो । उनको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आठ दिन म्याद तोकेको थियो । त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडौँ झिकाउन पत्र काटेपछि उनलाई काठमाडौँ पुर्याइयो । प्रदेश तथा प्रतिनिधिसभाको चुनावको बेला काङ्ग्रेसले आयोजना गरेको चुनावी सभालाई बिथोल्न बम विस्फोट भएको थियो । उक्त बम विस्फोटमा परी एक म्यादी प्रहरीको मृत्यु भएको थियो । सोही घटनामा म्यादी प्रहरीको हत्या गरेको आरोप लागेको थियो ।
१६. भदौ २९– सर्वोच्च अदालतले प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गर्यो । न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले प्रकाण्डलाई गैरकानुनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिस्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियो । आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षणसमेत गरेको थियो । प्रकाण्डलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक थियो । तर अदालतबाट बाहिर निस्कने क्रममा प्रहरीले पक्राउ गर्यो ।
१७. भदौ ३१– आइतबार उनलाई जिल्ला अदालत उदयपुरमा आइतबार हाजिर गराइयो । त्रियुगा नगरपालिका–१३ हवाई मैदानमा भएको बम विस्फोटनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । उनलाई जिल्ला अदालतले आइतबार नै ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
यसरी आफ्नै पूर्व सहयोद्धाहरु सरकारमा रहदा पनि शृखलावद्धरुपमा प्रहरी हिरासत र अदालत धाइरहेका प्रकाण्ड लगायत अन्य हिरासतमा रहेका नेताहरुको रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेकपाले असोज ७ गते नेपाल बन्दको आव्हान गरेको छ । सरकारको लागि चुनौति बनिरहेको विप्लव नेतृत्वको नेकपा र वार्ता तथा डर दुवैको माध्यमबाट तह लगाउने रणनितिमा अगाडि बढिरहेको सरकारको यस्तै रवैया जारी रहे नेपाली जनताले थप दुखको सामना गर्नुको अर्को विकल्प छैन् ।

Post a Comment

1 Comments

  1. 828 Casino Way | Mapyro
    Find parking costs, opening hours and a 광주 출장안마 parking 고양 출장샵 map of 828 경상남도 출장샵 Casino Way 경상남도 출장마사지 in Temecula, AZ. Hotel and Casino. Rating: 2.3 · ‎7,080 당진 출장마사지 votes

    ReplyDelete