Ticker

6/recent/ticker-posts

नेपाली सेना भित्र नक्कली सर्टिफिकेटको बिगबिगी

दर्जर्नौं अफिसरहरु अनुसन्धानको घेरामा 

काठमाडौं । सेनामा नक्कली प्रमाणपत्र पेश गरेर लामो समय जागिर खाएको गुनासो आएपछि केहि दिन अघि मात्र सैनिक मुख्यालयले आफ्ना सबै अधिकृतहरुको शैक्षिक प्रमाणपत्र र नागरीकताको विवरण पुनः सैनिक मुख्यालयमा पठाउन मातहतका सवै निकायलाई पत्रचार गरेको छ । 

प्रधानसेनापति पुर्णचन्द्र थापाको आदेशमा सेनामा देशैभरका सबै अधिकृतहरुको शैक्षिक योग्यताको प्रमाणपत्र माग भएको हो । नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सवै सैनिक अधिकृतको शैक्षिक योग्यताको प्रमाणपत्र अपडेटका लागी पत्रचार गरिएको बताए । प्रधानसेनापति थापाले अनलाईन डिग्री भएकाहरुको हकमा पनि छानविन गर्ने तयारी गरेको बुझिएको छ । 

यस्तो छ जर्नेल कर्नेलको बास्तविकता 

नेपाली सेनामा कृते नागरिकता तथा सर्टिफिकेट पेश गर्ने अफिसरहरुको उदाहरण थुपै भेटिएका छन् । कतिले त नागरिकताको प्रमाण पत्र समेत बाहिर छपाई गरि आफैले जारी गदै जागिर खाएको थुप्रै किस्सा यस अघि नै बाहिरीसकेका छन् । पछिल्लो दुई÷चार बर्ष यता मात्र छानविनका क्रममा ३६ जना सिनियर अफिसरहरुको जागिर गइसकेको छ ।
केहि समय अघि मात्र पनि दुई जना दुईतारे जर्नेल बर्खास्तीमा परेको चर्चा बिर्सन नपाउदै नया“ ३६ जनाको काण्ड उदाङ्गिएको छ । कोही कोहीले त जागिर खाएको विस बर्ष पछि नागरिकताको प्रमाण पत्र पेश गरेर तत्कालिन प्रधानन्ययाधीश गोपाल पराजुली प्रकरणलाई समेत मात खुवाउने घटना भएको स्रोतको दाबी छ । 

नक्कली सर्टिफिकेट बुझाएर जागिर खानेको लर्को

हुनपनि जागिर खानु भन्दा एक÷दुई महिना अगाडी मात्र वीस बर्ष भएको नागरिकता पेश गर्नेको फेहरिस्तबाट सानो तिनो रामायण नै बन्छ । बिगतमा नागरिकता प्रमाणपत्र सच्चाई नक्कली बिवरण बुझाएको फेला परे पछि जागिरबाट हात धुने जर्नेल÷कर्नेलको लिष्ट लामो छ । 

जस्तैः रबिन्द्र श्रेष्ठ, सुरेन्द्र सिजापती, प्रदिप अधिकारी, बिनोज बस्नेत, दिपक भारती, सुर्य खनाल जस्ता उम्दा जर्नेल÷कर्नेलहरु जागिर खाउ“÷खाउ“ भन्ने बेलैमा बाहिरिनु परेको थियो । यो प्रकरणको चर्चा चलिरहेकै बेला अनुज बस्नेत भने भग्यमानी सावित बनेका थिए । 

नेपाली भाषामै परिक्षा दिई स्टाफ कलेज गरेका यीनि सेनाको नियमावलीलाई समेत धोती लगाउदै चिनमा एनडिसी जाने भग्यमानी जर्नेल हुन् । नेपाली सेनामा विएमआई अधिकृत तथा अन्यदर्जालाई मात्र लागु हुन्छकी अनुज बस्नेतलाई पनि लागु हुन्छ ?  यस्ता व्यक्तिलाई प्रधानसेनापतिको यो अभियान अन्तर्गत ककारवाही हुन्छ या हुदैन त्यो भने हेर्न बाँकी छ । 

बिगत दुई÷तीन बर्ष अगाडी थुपै्र जनर्ले÷कर्नेलको बढुवा बिवादले ६÷६ महिनासम्म पदोन्नती रोकिउएको थियो । काहानी यतीमै सकिदैन आगामी दिनमा केही जर्नेलहरुकोे चर्चा त आउन बाँकी नै छ । 

Post a Comment

0 Comments