दार्चुला – मार्मा गाउँपालिकाले डिजिटल नागरिक वडापत्र र डिजिटल डिस्प्ले बार्ड सञ्चालनमा ल्याएको छ ।
सर्वसाधारणलाई गाउँपालिकाले सम्पादन गर्नुपर्ने र सम्पादन गर्दै आएका गतिविधिलाई सहज ढंगले जानकारी गराउने उद्धेश्यका साथ डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको मार्मा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिनु भयो ।
गाउँपालिका अध्यक्ष जमन सिँह धामीले डिजिटल प्रविधिमार्फत आमनागरिकलाई कार्य सम्पादन सहज र सरल ढंगवाट सुसूचित गर्ने र काम गतिविधि प्रभावकारी भए नभएको जानकारी लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकलाई आफ्नो जिम्मेवारीप्रति सचेत र जागरुक बनाउन पनि यसबाट महत्वपूर्ण उपलब्धि हासिल हुने जानकारी गराउनुभयो ।
सूचना प्रबिधिको अधिकतम प्रयोग गर्दै गाउँपालिकामा डिजिटलाइजेन गरिने मार्मा गाउँपालिकाका आइटी अफिसर बासुदेव महराले जानकारी दिनु भयो ।
0 Comments