Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं–नेपाल ब्यापार संघले असहाय बृद्ध र बालबालिकालाई गास बाँस र कपास उपलब्ध गराउदै आएको मानव सेवा आश्रमलाई १ सय १२ थान ब्लाङ्केट उपलब्ध गराएको छ । 

 असहाय, बृद्धबृद्धा, अनाथ र सडक बालबालिलाई आश्रय दिइरहेको काठमाडौं सामाखुसीस्थित मानव सेवा आश्रममा पुगेर संघले ब्लाङ्केट उपलब्ध गराएको हो । सवोत्कृष्ठ जीवन–सास्वत चिन्तनको अवधारण बोकेको आश्रम कोही पनि सडकमा भोको र नाङ्गो रहन नपरोस भन्दै देशभर अभियान चलाइरहेको छ ।

 असहाय र अनाथहरुलाई जाडोमा थोरै भएपनि राहत दिने उद्देश्यले धेरै व्यवसायी मिलेर ब्लाङकेट वितरण गरिएको नेपाल ब्यापार संघका अध्यक्ष कुमार कार्कीले बताए । व्यापार व्यवसायबाट कमाएको केही पैसा गरिब र असहायको सेवामा खर्चीएर समाजसेवा गर्ने उद्देश्य सहित संघ निरन्तर अघि बढेको पनि बताए । 

मानव सेवा आश्रमलाई नेपाल ब्यापार संघले यसअघि पनि लत्ताकपडा, खाद्यान्न र आर्थिक सहयोग गर्दै आएको थियो । कार्यक्रममा मानव सेवा आश्रमका प्रमुख संरक्षक गोबिन्द टण्डनले सहयोगी हातको साथबाट ११ वटा आश्रमलाई विकास र विस्तार गर्न सकिएको भन्दै हेटौँडा र पोखरामा आफ्नै भवन बन्ने क्रममा रहेको बताए । 

अहिलेसम्म काठमाडौं सहित पोखरा, चितवन, गोर्खा, लमजुङ, बागलुङ रुपन्देही, धनगढी र पर्शामा लगायत विभिन्न ११ स्थानमा विस्तार भएको आश्रम प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशमा विस्तार गर्ने योजना अघि बढाइएको संरक्षक टण्डनले जानकारी दिए । 

काठमाडौंको आश्रममा बृद्धबृद्धा र बालबालिका गरेर ४७ जना बस्दैआएका छन् । युवा परिचालन गरेर सडक बालबालिका तथा साहारा नपाएका दिनदुखीहरुलाई आश्रममा ल्याउदै आएको मानव सेवा अभियानले आश्रममा ५०० सय जना असहाय बालबालिका र बृद्धबृद्धालाई आश्रय दिदैआएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply