Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडाैं । लायन्स क्लब अफ अव्वल  काठमाडौं भ्यालीले लायन्स क्लबका संस्थापक Melvin Jones काे १४०औं जन्मदिवस एक प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरि मनाएकाे छ । 


क्लवका चार्टर प्रेसिडेन्ट लायन राजु खड्का, प्रथम उपाध्यक्ष लायन शिवप्रसाद रिजाल तथा क्लवका अन्य पदाधिकारीसहित लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ B1 का काे चिफ एडभाइजर लायन मणिश्री रत्न बज्राचार्यले Melvin Jones काे तश्विरमा माल्यार्पण गरि सुरू गरिएकाे उक्त कार्यक्रममा लायन मणिश्री रत्न बज्राचार्यले 

लायन्स क्लब स्थापनाकाे परिस्थिति देखि आफ्नाे १००औं वर्ष पार गर्दाकाे अवधिमा लायन्स क्लबले गरेका महत्त्वपूर्ण कार्यहरूकाे बारेमा तिथिमितीसहितकाे जानकारीमूलक मन्तव्य राख्नुभएकाे थियाे भने क्लवका चार्टर प्रेसिडेन्ट एवं सर्वाेच्च अदालत वार एशाेसिएशनका उपाध्यक्षसमेत रहनुभएका अधिवक्ता लायन राजु खड्काले लायनवादकाे बारेमा समसामयिक जानकारीसहितकाे प्रशिक्षण् दिनुभएकाे थियाे ।  


उक्त कार्यक्रममा चार्टर प्रेसिडेन्ट खड्काले लायन्स क्लब अफ अव्वल काठमाडौं भ्यालीले आयाेजना गरेका विभिन्न कार्यक्रममा सहयाेग गर्दै आएका भिमसेन खड्कालाई क्लवकाे तर्फबाट सम्मान गरिएकाे थियाे भने त्यस अवशरमा लायन खड्काले  लायन वर्ष २०१८/१९ काे अवधिभरि गर्ने कार्यक्रमहरूकाे बारेमा संक्षिप्त रूपमा प्रकाश पार्नुका अलावा आगामी माघ १२ गते गर्ने रक्तदान कार्यक्रमकाे तयारीकाे बारेमा पनि जानकारी दिनुभएकाे बताइएकाे छ । 


उहांले दिनुभएकाे जानकारी अनुसार लायन्स क्लव अफ अव्वल काठमाडौं भ्यालीले काठमाडौंकाे चन्द्रागिरी न.पा.वडा नं.१५ स्थित विष्णुदेवी मन्दिर प्रांगणमा आगामी माघ १२ गते शनिवारका दिन विहान १० बजे स्थानीय क्लवकाे सहयाेगमा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे बताएका छन् ।  


January 13 कै दिन यसै सन्दर्भ पारेर लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ B1 ले राजधाीकाे न्यूराेडस्थित भूगाेलपार्कमा एक फाेटाे प्रदर्शनीकाे आयाेजना गरेकाे जनाइएकाे छ ।  


 संस्थापक Melvin Jones काे तश्विरमा विभिन्न लायनलिडरहरूले माल्यार्पण गरी शुरू भएकाे उक्त प्रदर्शनीमा Melvin Jones तथा लायन्स क्लव इन्टरनेशनलकाे बारेमा जानकारी दिने विभिन्न फाेटाेहरू राखिएकाे थियाे ।




«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply