रोल्पा , शिक्षकहरुको कामलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन रोल्पाको माडी गाउँपालिका का सबै माध्यामिक विद्यालय र आधारभूत तह (नि.मा.वि) कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान कार्यलाइ तिव्रता दिएको छ ।
विशेष गरी विद्यालयमा सो हाजिरको व्यवस्था गरिँदा हाजिर हुने शिक्षकले १० देखि ४ बजेसम्म बसे नबसेको थाहा हुने र शिक्षकले विद्यालयमा समय दिँदा पढाइ पनि प्रभावकारी हुने भएकाले इ हाजिरको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले बताउनुभयो ।
अनुशासन र समयको पालना गराउनुका साथै शिक्षकहरुलाई मर्यादित बनाई पढाइलाई द्रुतगतिमा अगाडि बढाउनका लागि माडी गाउँपालिका का माध्यामिक विद्यालय र आधारभूत तह (नि.मा.वि)मा इ–हाजिरी मेसिनको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले बताउनुभयो ।
शिक्षकहरुको उपस्थिति पारदर्शी हुनुपर्ने भन्दै इलेक्ट्रोनिक हाजिरी मेसिन जडानको कामलाई अघि बढाइएको माडी गाउँपालिकाका स्रोतब्यक्ति, (शिक्षा) कबिराज रिजालले बताउनुभयो ।
घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ छ वडा रहेको माड् िगाउँपालिकाका १३ वटा माध्यमिक विद्यालय र आधारभूत तह (नि.मा.वि) मा विद्युतीय हाजिरी मेसिन जडान कार्य सम्पन्न गरिएको छ ।
सूचना प्रबिधिको अधिकतम प्रयोग गर्दै गाउँपालिकाका सबै कार्यलय पूर्णतः डिजिटलाइजेन गरिने माडी गाउँपालिकाका आइटी अफिसर प्रतिक खड्काले बताउनुभयो ।
#इनोभेटीभ मिडिया एण्ड मल्टिपल बिजनेश प्रा.लि द्वारा जडान गरिएको ।
No comments: