Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन



काठमाडौं ।  नेपालमा मानव बेचविखनको बदलिँदो परिवेशबारे सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।


काठमाडौंमा मानब बेचविखनको बदलिँदो स्वरुपसम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीहरुको बेचविखन हुने गरेको सरोकारवालाहरुले बताएका हुन् ।

युएसएआइडीको सहयोगमा एफडब्लूएलडी लगायत विभिन्न संस्थाले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले नेपालमा मिर्गौला तस्करी तथा मानवबेचविखनको अवस्था भयाबह रहेको बताए ।

कार्यक्रममा अधिवक्ता शतिसकुमार शर्माले दश बर्षको अन्तरातलमा मिर्गौला तथा मानव बेचविखनको अवस्था डरलाग्दो देखिएको बताए ।

कार्यक्रममा महिला कानून विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचविखनमा संलग्न मुख्य नाइकेहरुलाई समाउन नसक्दा समस्या पटक पटक दोहोरिने गरेको बताए ।

मानव बेचविखनका विभिन्न स्वरुपहरु देखापरेको भन्दै उनले वैदेशिक रोजगारीले पनि यसलाई थप मलजल गरेको तर्क गरे ।

उनले वैदेशिक रोजगारीमा जाँदा सचेत हुनुपर्ने बताउँदै वैदेशिक रोजगार विभागको भूमिका पनि यस्ता मुद्धामा सक्रिय हुन नसकेको तर्क गरे । मानव बेचविखनका पीडितहरुले बास्तविकता नखुलाउँदा पीडकहरुले उन्मुक्ति पाइरहेको बताए ।


सीएलआरआरडीकी मञ्जु मरासीनीले नेपाल भित्रै हुने मानव बेचविखन तथा यौन दुराचारको विषयमा खासै चर्चा हुन नसकेको बताइन् । उनले नेपालमा बालबालिकाहरुलाई मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न नपाइने भएपनि विभिन्न प्रलोभन देखाएर बालबालिकाहरुलाई यौन दुव्र्यवहारको शिकार बनाइएको आरोप लगाइन् ।

कार्यक्रममा सहभागीहरुले मानव बेचविखन तथा ओसापसारका घटना न्यूनीकरणमा सञ्चार माध्यमको उल्लेखनीय भूमिका रहने बताएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply