हाम्राे बारेमा

आयल निगमको परीक्षामा सोध्न सक्ने सम्भावित प्रश्नोउत्तर

नेपाल आयल निगमको सहायक प्रबन्धक (अधिकृत), वरिष्ठ सहायक (सुब्बा) र सहायक (खरिदार) पदहरुको प्रथम पत्र सामान्य ज्ञानमा सोध्न सक्ने प्रश्नोत्तरहरु

• नेपाल आयल निगमले कहिलेबाट १५-१५ दिनमा मूल्य समायोजन गर्ने कार्यको थालनी गरेको हो ?
-२०७१ असोज

• नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ?
– ३० औं

• प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ?
– बुच कमिसन २००९

• ५८ बर्षको उमेरमा खेलकुदतर्फको व्यायाम क्षेत्रमा सिट अप विधामा एक र चिन अफ बिधामा चार गरी पाँचवटा राष्ट्रिय रेर्कड राख्न सफल व्यक्तित्व को हुन् ?
– रामचन्द्र खनाल

• भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं २०७२ असार १० काठमाडौं

• नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा को नियुक्त भएका छन् ?
– केशवकुमार बिष्ट

• अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा कसलाई चयन गरिएको छ ?
– जाहिर अब्बास ( पाकिस्तान )

• सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट गरिने भएको छ ?
– वि.सं २०७२ साउन १

• समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ?
– वि.सं २०७२ असार ८

• अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ?
– जून २३

• हामी हाम्रा विचारले बनेको हुन्छौ,हामी जे सोच्छौ, त्यही बन्छौ,जब दिमाग पवित्र हुन्छ,तब आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने विचारक को हुन् ?
– गौतम बुद्ध

• सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोले मुख्यालय कसको मूर्ति स्थापना गरिएको छ ?
– गौतम बुद्ध

• नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ?
– सन् २०२२

• प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ?
– म्याग्दी

No comments

Powered by Blogger.